२०८२ भाद्र ५ गते बिहिवार
धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका हुन्।
थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेका थिए ।
प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
लिम्बूविरुद्ध उजुरी भने कसैले दिएको छैन । मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij