Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

वार्षिक एक हप्ता माओवादीका नेताहरूले अनिवार्य रूपमा शारीरिक श्रम गर्नुपर्ने

वार्षिक एक हप्ता माओवादीका नेताहरूले अनिवार्य रूपमा शारीरिक श्रम गर्नुपर्ने


  • 2.4K
    Shares

    वार्षिक एक हप्ता माओवादीका नेताहरूले अनिवार्य रूपमा शारीरिक श्रम गर्नुपर्ने

    काठमाडौँ । माओवादी केन्द्रले नेताहरूलाई वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने नीति ल्याएको छ ।

    साउन तेस्रो साता काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरूलाई उत्पादनसँग जोड्न वार्षिक एक हप्ता अनिवार्य रूपमा श्रमको नीति ल्याएको हो । 

    यसअघि काठमाडौँमै भएको ८ औँ महाधिवेशनले उत्पादनसम्बन्धी कार्यक्रम ल्याउने निर्णय गरेपनि योजना अलपत्र परेको थियो । 

    यस्तो छ उत्पादन, रोजगारी, सामाजिक सत्तासम्बन्धी माओवादीको श्रम नीति: 

    –पार्टीका नेताहरूले वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने ।

    –वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने ।

    – शिक्षा, स्वास्थ्य, रोजगारका कार्यक्रमहरू वडाहरूमा कार्यान्वयन गर्ने ।

    – पार्टी कामलाई वडा स्तरमा व्यवस्थित गर्ने ।

    – वडाभित्र सामाजिक काम, उत्पादनसँग सम्बन्धित काम, गरिबी, उत्पीडन, दलित वर्गका समस्या, सहयोग सम्बन्धित काम गर्ने ।

    –स्वास्थ्य उपचारसँग सम्बन्धित काम, बालबालिका र वृद्धवृद्धाहरूसँग सम्बन्धित काम, महिला हिंसा,

    सामाजिक विभेद, प्राकृतिक विपत्तिसँग सम्बन्धित काम, सांस्कृतिक क्षेत्रका काम, युवा खेलकुदसँग

    सम्बन्धित कामको लागि स्पष्ट कार्यविभाजनसहित हरेक क्षेत्रका कामको योजनाबद्ध रूपमा कार्यान्वयन

    गर्ने ।

    – दलित समुदायप्रति सम्मानजनक व्यवहार गर्ने, अल्पसंख्यक, पिछडा वर्गलगायतका समुदायका

    समस्याहरूको समाधानमा नेतृत्वदायी भूमिका खेल्ने ।

    – विभिन्न खाले अन्तरक्रिया, तालिम, प्रशिक्षण, जनपरिचालन, प्रदर्शनी, श्रम, उत्पादन, सांस्कृतिक

    कार्यक्रमहरूमा एकाकार भई काम गर्ने ।

    – विदेश गएका घरपरिवारलाई संगठित गर्ने र सहयोग गर्ने ।

    – अपांगता भएका व्यक्तिहरूलाई सम्मान गर्ने, मद्दत गर्ने ।

    – सुशासनका पक्षमा जनताको खबरदारीका लागि अपिल गर्ने ।

    – उन्नत समाज निर्माणका लागि शैक्षिक गुणस्तरमा सुधार ल्याउने कार्यमा पार्टीका नेताहरूले अगुवाइ गर्ने ।

    – वडाको आवश्यकताअनुसार वर्गीय, जातीय र सामाजिक संगठनहरू बनाई परिचालन गर्ने ।

    – टोल सुधार समिति, बजार व्यवस्थापन समिति, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति,

    खानेपानी व्यवस्थापन समिति, अस्पताल व्यवस्थापन समिति, गैरसरकारी संस्थाहरूलगायतका

    सामाजिक संघ संगठनहरूमा सामाजिक अभियन्ताको रूपमा अगुवाइ गर्ने ।

    – लघुवित्तको चर्को ब्याज, सहकारीको ठगी, मिटरब्याजीको उत्पीडनमा परेका जनतालाई न्याय दिलाउन

    पार्टीले नेतृत्व गर्ने ।

    – पार्टीलाई सामाजिक नेतृत्व, समाजसेवी, दुःखको साथीको निर्विकल्प संस्थाको रूपमा स्थापित गर्ने । 

    प्रकाशित मिति :भाद्र २२ २०८० शुक्रवार - १५:२५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij