Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

१५ औं महाधिवेशनबाट दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं: गगन थापा

१५ औं महाधिवेशनबाट दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं: गगन थापा


  • 2.6K
    Shares

    १५ औं महाधिवेशनबाट दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट हटाउने उद्घोष गरेको छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका कांग्रेस अहिले शिथिल बनेको बताए ।

    उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ ।

    म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ।

    दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’

    उनले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । उनले अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।

    प्रकाशित मिति :भाद्र २२ २०८० शुक्रवार - १५:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij