Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

महेन्द्र यादवमाथि आक्रमणविरुद्ध गृहमन्त्रीको राजीनामा मागेर तरुण दलको प्रदर्शन

महेन्द्र यादवमाथि आक्रमणविरुद्ध गृहमन्त्रीको राजीनामा मागेर तरुण दलको प्रदर्शन


  • 2.9K
    Shares

    महेन्द्र यादवमाथि आक्रमणविरुद्ध गृहमन्त्रीको राजीनामा मागेर तरुण दलको प्रदर्शन

    काठमाडौं । कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल तरुण दल आन्दोलित भएको छ ।

    तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍यालीसँगै सभा गरे । प्रदर्शनकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन् ।

    तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ , ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।

    दुई दिनअघि रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि कथित अभियान्ता श्यामबाबु सापकोटाले खुकुरी हानेका थिए । यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले विरोध जनाइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८० शुक्रवार - १२:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij