Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा


  • 2.1K
    Shares

    बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

    काठमाडौँ । कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन्।

    उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन्।

    ‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’ उनले केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने बताएका छन्।

    तस्बिरः कुन्दनराज काफ्लेको फेसबुकबाट 

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - ०८:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij