Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 


  • 23.1K
    Shares

    रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
    images

    काठमाडौं । फागुन ७ गतेदेखि विक्रीमा आएको रु रु जलविद्युत् परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री खुला गरेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

    कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । 

    कम्पनीको यो आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम रुपको सुरक्षित संकेत गर्ने इक्रा एनपी त्रिपल बी रेटिङ प्रदान गरेको छ । हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । 

    आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म रू ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू ११८ दशमलव ८४ रहेको छ । 

    यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रु रु जलविदुत परियोजना निर्माण गरी २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुुरु गरेको छ । 

    उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भइरहेको कम्पनीको भनाइ छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १२:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij