Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन


  • 1.8K
    Shares

    • images
    जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन
    images

    म्याग्दी ।  जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो
    । 
    जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए । “मौसममा सुुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।”

    तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुुईजना आन्तरिक पर्यटक मुुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । 

    सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

    Shivam Cement
    आर्थिक वर्ष २०७९–८० मा ७१ हजार जना विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । 

     

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - ०७:१५:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij