Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल


  • 2.2K
    Shares

    माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन्।

    प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताए।  

    शनिवार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’ को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गरे। आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।  

    प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनु परेको स्पष्ट पारे। उनले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाए।

    प्रधानमन्त्री दाहालले भने, ‘हिजो परास्त भएका तत्वहरु फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपार्इं–हामी सबैलाई थाहा भएकै कुरा हो। ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन ९० सिट र ८० सिट भएका पार्टीहरुको अगाडि। सजिलो कुरा त होइन यो। तपार्इंहरूले बुझिराख्नुभएकै होला ।’

    उनले थपे, ‘हाम्रो इतिहासको तागत, हाम्रा शहीदहरूले बगाएको रगतको तागत, हाम्रो वेपत्ता हजारांै योद्धाहरुको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो संघर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरुको, कार्यकर्ताहरूको र मुल नेताको हैसियतले म मा केन्द्रित भएको तागतको कारणले ३२ सिट भएपनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो । म अहिले यसको बारेमा धेरै भन्न चाहन्न ।’

    नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन भन्दै उनले भने, ‘यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरु पार्टीहरुको पनि भरोसा छ । हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो । दोस्रो कुरा म के भन्न चाहन्छु भने त्यतिमात्रै होइन । मैले अव आफैंले एउटा नयाँ अभियानका शुरुवात प्रधानमन्त्रीकै तहबाट, अध्यक्षकै तहबाट त्यो शुरुवात नगर्ने हो भने आम कार्यकर्ता पंक्तिमा पनि विश्वासको, भरोसाको र उत्साहको सञ्चार हुनेवाला छैन ।’  

    प्रधानमन्त्री दाहालले आफूले शुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर समेत गरे।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - ०७:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij