Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले महासचिव पोखरेल चीन जाँदै, को-को छन् भ्रमण दलमा ?

एमाले महासचिव पोखरेल चीन जाँदै, को-को छन् भ्रमण दलमा ?


  • 3.2K
    Shares

    एमाले महासचिव पोखरेल चीन जाँदै, को-को छन् भ्रमण दलमा ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावना भ्रमण गर्ने भएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्ने एमाले केन्द्रीय प्रसारण तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् । भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ । 

    को-को छन् भ्रमण टोलीमा ?

    १. शंकर पोखरेल, महासचिव

    २. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

    ३. राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

    ४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य

    ५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य

    ६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

    ७. सहदेव बोगटी, केन्द्रीय सदस्य

    ८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

    ९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

    १०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

    ११. रचना खड्का, केन्द्रीय सदस्य

    १२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

    १३. मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य

    १४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

    १५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

    १६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

    १७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

    १८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

    १९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

    २०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका

    सचिवालय

    २१. राजेश राई

    २२. सरोजकुमार रेग्मी

     

    प्रकाशित मिति :भाद्र १५ २०८० शुक्रवार - १५:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij