Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ज्योति लाईफको आइपिओ खुल्यो : कहिलेसम्म आवेदन दिने ? कति जनाले पाउँछन् यो आइपिओ ?

ज्योति लाईफको आइपिओ खुल्यो : कहिलेसम्म आवेदन दिने ? कति जनाले पाउँछन् यो आइपिओ ?


  • 8.3K
    Shares

    ज्योति लाईफको आइपिओ खुल्यो : कहिलेसम्म आवेदन दिने ? कति जनाले पाउँछन् यो आइपिओ ?
    images

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ । कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

    कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन सकिनेछ । 

    ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ ।  

    कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले  ‘केयरएनपी-आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।

    कति जनाले पाउँछन् यो आइपिओ ?

    आजभोली आपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेको छ । ज्योति लाइफको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएकाले १० कित्ताका दरले आवेदकलाई भाग लगाउँनुपर्ने हुन्छ ।

    यस आधारमा पनि आवेदन दिएका सबैलाई यो आइपिओ पर्दैन । १० कित्तालाई आधार मान्ने हो भने सर्व साधारणलाई छुट्याइएको सेयर ५ लाख ९४ जनाले हात पार्ने देखिन्छ । बाँकी आवेदनको हात खाली हुनेछ । 

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij