Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सहरी विकास प्रवद्र्वन गर्न विश्व बैकको सहयोग, १२ वटा नगरपालिकासँग अनुदानको सम्झौता

सहरी विकास प्रवद्र्वन गर्न विश्व बैकको सहयोग, १२ वटा नगरपालिकासँग अनुदानको सम्झौता


  • 7.1K
    Shares

    सहरी विकास प्रवद्र्वन गर्न विश्व बैकको सहयोग, १२ वटा नगरपालिकासँग अनुदानको सम्झौता
    images

    नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग सशर्त अनुदान सम्झौता गरेको छ ।

    बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय सरकारको तर्फबाट नगर प्रमुखहरुले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    विश्व बैंकको साढे १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका विभिन्न ३३ नगरपालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार किहिबार १२ वटा नगरपालिका प्रमुखसँग हस्ताक्षर भएको हो ।

    पाँचथरको फिदिम, सिरहाको गोलबजार, सर्लाहीको हरिवन, अर्घाखाँचीको सन्धीखर्क, अमरगढी, लम्कीचुहा, भिमेश्वर, पूर्व सुस्ता कावासोती, भेरी, मुसीकोट पश्चिम रुकुम, फलेवास र लमही नगरपालिकासँग अनुदान सम्झौता भएको हो ।

    बाँकी नगरपालिकासँग पनि सम्झौता गरिने आयोजनाले जनाएको छ । दिगो शहरी विकासलाई प्रवद्र्वन गर्दै नेपालका रणनीतिक माध्यमिक शहरहरुमा कोभिड–१९ पछिको आर्थिक पुनर्लाभलाई सहयोग पुर्याउने उद्देश्यसहित आयोजनाले २९ नगरपालिकालाई सशर्त अनुदान र थप चार वटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ ।

    आयोजना प्रमुख परिक्षित कडरियाले आयोजनालाई प्राप्त रकम स्थानीय तहलाई सर्शत अनुदानका रुपमा दिइने बताए । सशर्त अनुदानका लागि नगरपालिका चयन गर्दा भारतीय सीमामा रहेका, पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गमा पर्ने शहर तथा कोभिड–१९ बाट बढी प्रभावितलाई मुख्य आधार बनाइएको उनले बताए ।

    आयोजनाअन्र्तगत सञ्चालित कार्यक्रमले ४ वर्षभित्र नेपालका रणनीतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम–सघन सार्वजनिक कार्यमार्फत कोभिड–१९ पछिको आर्थिक पुर्नलाभलाई गति दिने लक्ष्य राखिएको छ ।

    नेपालको संघीयता कार्यन्वयनपछि संघीय सरकारले व्यवस्थापन र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी विश्व बैकले लगानी गरेको यो पहिलो आयोजना हो । 

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij