२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । गाईजात्राको अवसर पारेर यो वर्ष कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको सशरीर नक्कल गरिरहेका छन् । हरेक वर्ष नयाँ नयाँ पात्रको रुपमा देखिने गजुरेलले यस पटक भने भण्डारी अवतार रोजेका हुन् ।
नेपाली राजनीतिका पावरफुल व्यक्ति हुन् बीपी र मदन । यी पात्रहरूलाई पुनर्जागृत गर्ने र यिनै पात्रमार्फत नेपालको समग्र राजनीति, अर्थव्यवस्था र संस्कृतिलाई राम्रो सन्देश दिन सकिन्छ भनेर यो वर्ष उनीहरु छनोटमा परेका मनोजको भनाइ छ ।
मनोजले पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गोकुल बाँस्कोटासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससलगायत थुप्रै व्यक्तिको नक्कल गरिसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij