Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत

‘आहा रारा गोल्डकप’मा तीन लाख बचत


  • 1.6K
    Shares

    • images
    ‘आहा रारा गोल्डकप’मा तीन लाख बचत
    images

    कास्की । सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए ।

    बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो ।

    महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट रु १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो ।

    खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

    प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ । विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ । 

     

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - ०७:०७:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij