Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति

यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति


  • 2.5K
    Shares

    यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् ।

    अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गरे ।

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोशिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए ।

    ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानून निर्माण गरेको तर त्यहाँ कुनैपनि अनियमितता नगरेको पटकपटक दोहो¥याए । एमालेले कुनैपनि प्रकारको गलत काम नगरेपनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उनको गुनासो समेत गरे ।

    ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफैँ भागाभागमा परेको जिकिर समेत गरे । उनले भने, ‘हामी कुनैपनि प्रकारको गलत क्रियाकलाप गर्दैनौं । राज्यको ढुकटीमा भएको एक पैसा आफूमा ल्याउने काम गर्दैनौं । बिरोधीहरुले पहिले पनि यति होल्डिङ्स भने, हामीले भनि राखेका छौं– गरन त छानविन । त्यस बेलादेखि अहिलेसम्म भनिराखेका छौं । के यति होल्डिङ्स, सेती होल्डिङ्स भनेर कराईराखेको । बाइडबडी छानबिन गर, अनि जाऊ आफैँ जेल । वाईडबडीको छानबिन गर, जेल जाऊ । अस्तीसम्म ललिता निवास, ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट, कोही उताको ढोकाबाट । हामीलाई भन्दै थिए त ललिता निवास, ललिता निवास । गर न छानबिन । अहिले चिया बगान निस्केको छ, गर न छानबिन ?’

    बाइडबडीबारे छानबिन गरेपनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाइ थियो । उनले एमालेले देश बनाउने भिजन लिएको भन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

    प्रकाशित मिति :भाद्र १२ २०८० मंगलवार - ०७:१७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij