Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसदीय समितिले आज नेतृत्व पाउँदै, उद्योग तथा वाणिज्य समितिमा भने निर्वाचन हुँदै

संसदीय समितिले आज नेतृत्व पाउँदै, उद्योग तथा वाणिज्य समितिमा भने निर्वाचन हुँदै


  • 1.8K
    Shares

    संसदीय समितिले आज नेतृत्व पाउँदै, उद्योग तथा वाणिज्य समितिमा भने निर्वाचन हुँदै

    काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।

    विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । 

    त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ । ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको थियो । १० संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

    नेकपा (एमाले)का ऋषिकेश पोखरेल र किरणकुमार साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा)का गणेश पराजुलीको उम्मेदवारी परेको छ ।

    ९ समितिमा एक÷एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - ०८:५४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij