Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह


  • 1.3K
    Shares

    • images
    विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह
    images

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपाली समुदायलाई त्यहाँ आर्जन गरेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । 

    ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ) को सातौँ विश्व सम्मेलनमा भागलिन क्यानडा पुग्नुभएका अर्थमन्त्री महतले त्यहाँ रहेका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा उनले यस्तो आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र लगानीका लागि पर्याप्त क्षेत्र रहेको पनि उनको भनाइ छ । ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायत क्षेत्रहरूमा लगानीको  आकर्षण रहेको र यी क्षेत्रबाट प्रतिफलको प्रत्याभूत पनि गर्न सकिने अवस्था नेपालमा रहेको अर्थमन्त्री महतले बताए । 

    नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायस्पोरालाई मद्दत गर्न पनि मन्त्री महतले आग्रह गरे ।  यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचनाबिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । 

    अर्थमन्त्री डा महत जीईएफको सातौँ विश्व सम्मेलनमा भाग लिन गत आइतबार क्यानाडा पुेका थिए । क्यानडाको भ्यानकुअलमा आयोजना भएको उक्त सम्मेलनबाट अर्थमन्त्री डा महत जीआईएफको उपाध्यक्ष पनि निर्वाचित भएका छन् । उनी आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - ०८:३३:५० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij