Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सरकारप्रति अध्यक्ष ठाकुरको गुनासोः मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन

सरकारप्रति अध्यक्ष ठाकुरको गुनासोः मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन


  • 2.5K
    Shares

    सरकारप्रति अध्यक्ष ठाकुरको गुनासोः मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरुलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

    पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय बहरमहलमा आयोजित एक कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरुलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन । 

    अध्यक्ष ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौंता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराए । उनले सरकारले सो मुद्दा फिर्ता लिनेगरी कानून निर्माणको काम अघि बढाएको जानकारी दिएपनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।

    उनले भने, ‘अहिले पनि हाम्रा साथीहरु जेलमा छन् । मधेस आन्दोलनको दौरानको अधिकारको लागि र पहिचानसहितको संघको लागि जुन संघर्ष गरेको थियो, आन्दोलन गरेको थियो । त्यस दौरान हाम्रा धेरै साथीहरु मारिए । र, अहिले पनि कतिपय जेलमा छन् । कतिपयलाई मुद्दा चलिरहेको छ । हामी त्यसको आवाज उठाईरहेका छौं अहिलेसम्म पनि । हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरुलाई छाडने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए । तिनीहरुलाई शहीदसम्म घोषणा गरिएको छैन । त्यो भन्दा बढी मुद्दा सम्बन्धि पनि केही गरिएको छैन । सुन्छु–कानून संशोधनको लागि संसदमा आएको छ । र, अहिले पास भएको छैन त्यो । त्यसपछि यही राजनीतिक कारणले जो जेलमा परिरहेका छन्, मुद्दा चलिरहेको छ । त्यसलाई फिर्ता लिने जुन सम्झौंता भएको छ । त्यो विधेयक पास भएपछि गर्न सकिन्छ । यो भन्दा अगाडि जो सानातिना सजाय थियो, त्यो चाहीँ छुटकारा भएको छ । र, दश लाखभन्दा कम दण्डजरिवान थियो । त्यो पनि मिनाहा भएको छ । कतिपय गम्भिर किसिमको जुन आरोप लगाइएको छ । त्यो आरोप सम्बन्धि कुनै कारबाही गरिएको छैन राज्यबाट, सरकारबाट । त्यस सम्बन्धमा सरकारको भनाई छ कि हामी विधेयक ल्याएका छौं । त्यो पास भएपछि त्यसमा पनि कदम उठाइने छ भनेर ।’

    कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तीको आन्दोलनलाई अझै तिब्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताए । नेता, कार्यकर्ताहरुले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ०७:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij