Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसको आकस्मिक बैठक, कार्कीको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

कांग्रेसको आकस्मिक बैठक, कार्कीको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय


  • 2.8K
    Shares

    कांग्रेसको आकस्मिक बैठक, कार्कीको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो । 

    कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    उनका अनुसार भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने छ । कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने पौडेलले बताए ।

    सोही सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा. कार्कीको बुधबार निधन भएको थियो ।

    मुख्यसचिव पौडेलका अनुसार पशुपति आर्यघाटमा उनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - १२:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij