२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताएका छन्।
निर्दोष जनतालाई जेलमा कोच्ने तर पूर्वप्रधानमन्त्रीहरुलाई भने हिरासत जानै नपर्ने दुई खालको कानुन लागू गरिए आफूहरुलाई सैह्य नहुने उनको चेतावनी थियो। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईप्रति लक्षित गर्दै उहाँहरुलाई किन हिरासतमा राखेर अनुसन्धान नगरेको रु भनि सरकारलाई प्रश्न गरे।
उनले भने, ‘बिडम्बनासाथ भन्नुपर्छः यो निर्णय गर्ने मुख्य ठालु, मालिकहरु चाहीँ उनको घरमा प्रहरी गएछ। ढोकामा हानेछ। एक्स्क्युज मि, भित्र आउन पाउँ भनेछ मुसो जसरी। अनि भित्र गएर चाँही म्यास बिराला जस्तो गरर फर्केछ। अब प्रधानमन्त्रीजीले भनिदिनु पर्यो–गृहमन्त्रीजीले भनिदिनुप र्यो सम्माननीय सभामुखमार्फत भन्न चाहन्छु– यो देशमा कानून दुई वटा बनाउनुस्। ठूूल्ठूला नेतालाई कानुननै नलाग्ने। उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहीँ तपाईको गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन तपाईले लेख्नुभयो भने सैह्य हुन्छ रु अब संसदमा होइन, सडकमा आन्दोलन हुन्छ। पूर्व प्रधानमन्त्रीलाई, ठालुहरुलाई पक्राउ गरेर हिरासतमा राखेर किन अनुसन्धान नगरेको रु यसको जवाफ दिनुपर्छ। आज यसरी देशलाई दुई वटा कानूनमा पार्न पाइँदैन। ’
प्रमुख सचेतक शाहीले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरुमाथि पशुपक्षी कसुरसम्बन्धी ऐनको आधारमा कारवाही गर्न पनि सरकारसँग माग गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij