Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

उच्चस्तरीय आयोग गठनबारे विश्वप्रकाशको टिप्पणीः प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो

उच्चस्तरीय आयोग गठनबारे विश्वप्रकाशको टिप्पणीः प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो


  • 2.5K
    Shares

    उच्चस्तरीय आयोग गठनबारे विश्वप्रकाशको टिप्पणीः प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् । 

    बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा  प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताए । महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । उनले अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र र उहाँका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए । 

    उनले भने, ‘साउनमा सुन पक्राउ प¥यो, भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्ने भनेपछि यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो । तर रंगिन टालो भनिराखेर पनि चनिरहन्न चाहन्न । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । साउनमा पक्राउ परेको सुनको सन्दर्भमा सिआईबीले जुन छानबिन गरिरहेको छ, त्यसलाई नै अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो । यो अन्तिममा सिआईबीलाई सघाएर जाने भन्नेकुरा हो । अहिले सिआईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी, तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरुसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ । अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस् । उहाँहरु निर्दोष नै हो भनेपनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ ।’

    महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए । 

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०८:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij