Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः गोकुल बास्कोटा

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः गोकुल बास्कोटा


  • 2.5K
    Shares

    सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः गोकुल बास्कोटा

    काठमाडों । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् ।एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उनको जिकिर थियो ।

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्वीन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताए। उनले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिए ।

    पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बास्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराए। उनले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सैह्य नहुने बताए ।

    ‘यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिव २३ क्वीन्टल सुन रातारात बाहिर पठाइयो । एक क्वीन्टल सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा । यो फगत नौटंकी थियो वा खासकारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षमा छौं’ उनले भने, ‘त्यसका तथ्यहरुलाई हामी स्वीकार गर्दछौं । हिजोसम्म पनि र अहिले पनि केही सत्तारुढ दलका साथीहरुले प्रश्न उठाउनु भयो । लोकतन्त्रमा प्रतिपक्षको आवाज दमन गर्न खोजेपछि भकुण्डोजस्तो उफ्रनुपर्ने स्थिति बन्यो ।’

    उनले भने, म एउटा चुनौति पनि दिन चाहन्छु । सत्तापक्षले रुखको टुप्पोको पातमा बसेर, हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । तपाईहरुलाई सुझाव छ–स्टन्टबाजी होइन, गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस् । जे सत्य हो, त्यो कुरा बाहिर आउँछ  ।’

    ‘यत्रो जलहरीदेखि ३३ किलोको हल्ला किन रहेछ ? किन उठाइराखेको रहेछ भन्दाखेरी देखियो । यसो हेरेको पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छ नि । अर्काको ढाडमा टेकेर त्यसैको टाउकोमा हान्ने रहेछ नि’ उनले भने, ‘कहिले कोसित टाँसिएर, कहिले को सित साटिएर ओभर नाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उभिएको पार्टीका नेतालाई अपमान गर्ने दुःशाहस चाहीँ नहोस् । म चुनौति र चेतावनी दुई वटै दिन चाहन्छु ।’

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०८:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij