२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले गिरीबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताउँछन् ।
उनले भने ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो, हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो, तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो, यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो, अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ, त्यसमा सहमति भयो, गिरीबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्, बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ, जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’
अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij