Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी


  • 2.2K
    Shares

    • images
    दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी
    images

    बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले  दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

    विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

    इञ्जिनियर चौहनले उद्योगले हालसम्मको  दुई  अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”

    उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो ।

    “कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहनले भने, “पाँच जनाबाट  एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।” उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।

    प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले  एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र ७ २०८० बिहिवार - ०६:३६:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij