Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले र राप्रपाले विरोध गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

एमाले र राप्रपाले विरोध गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित


  • 1.9K
    Shares

    एमाले र राप्रपाले विरोध गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।

    प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।

    त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । 

    आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - १४:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij