Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

उच्चस्तरीय छानबिन समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

उच्चस्तरीय छानबिन समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन


  • 2.4K
    Shares

    उच्चस्तरीय छानबिन समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

    साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ।

    सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरु सहमत भएका हुन्। उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।

    उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - ०५:१८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij