Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?


  • 2.4K
    Shares

    राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

    केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ ।

    यो ट्रेजरी बिल मंसिर ५ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०८१ भदौ ४ गते परिपक्व हुनेछ ।

    यो भोली जारी हुने छ । त्यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

    यो ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिका लागि सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । यसको अवधि २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने हुने गर्दछ ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १४:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij