Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई र बि.ओ.के.क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु

ग्लोबल आइएमई र बि.ओ.के.क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु


  • 2.7K
    Shares

    ग्लोबल आइएमई र बि.ओ.के.क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु

    काठमाडौँ  । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडबीच मर्जर प्रक्रिया पुरा गरी आज भदौ ४ गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए ।

    कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन ।

    बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन ।

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन लागेका हुन ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १४:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij