Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने


  • 2.0K
    Shares

    समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

    काठमाडौँ ।  सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ । 

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार(आज) बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । मोर्चाले भदौं ९ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा सभा गर्ने भएको छ । त्यस्तै, भदौं १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौँडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । ‘हामीले भदौं ९ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं ।  साथसाथै भ्रष्ट्राचार विरोधि आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ विप्लवले भने ।

    सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा उनीहरूले उसलाई सन्देश सभा नाम दिएका छन् । मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ ।

     असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् । 

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - ०९:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij