२०८२ माघ ७ गते बुधवार
रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ।
चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।
उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो।
लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij