Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ग्रामीण लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहिबार)अन्तिम दिन

ग्रामीण लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहिबार)अन्तिम दिन


  • 6.3K
    Shares

    ग्रामीण लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहिबार)अन्तिम दिन
    images

    काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ ।

    कम्पनीले लघुवित्तकोे २५ हजार २०० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । ग्रामीण विकास लघुवित्तको शेयर मुल्य प्रतिकित्ता  रू ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

    शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले  भाग जाने गरी सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

    विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले फागुन ६ गतेदेखि  शेयर लिलामीमा विक्री खुला गरेको थियो। 
     

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १६:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij