Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

महिला सहयात्राको प्रस्तावित १०.५३% लाभांश चैत १८ गते पारित हुने

महिला सहयात्राको प्रस्तावित १०.५३% लाभांश चैत १८ गते पारित हुने


  • 5.6K
    Shares

    महिला सहयात्राको प्रस्तावित १०.५३% लाभांश चैत १८ गते पारित हुने
    images

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

    ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीको फागुन १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्नुका सार्थ १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित गर्नेछ ।  

    हाल कम्पनीको चुक्ताूपूँजी रू १३ करोड ३१ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

    वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १६:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij