Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री प्रचण्ड: विद्युत व्यापारको लागि भारत बंगलादेश र चीनमा पनि सम्झौताको अन्तिम तयारीमा छौं

प्रधानमन्त्री प्रचण्ड: विद्युत व्यापारको लागि भारत बंगलादेश र चीनमा पनि सम्झौताको अन्तिम तयारीमा छौं


  • 2.0K
    Shares

    प्रधानमन्त्री प्रचण्ड: विद्युत व्यापारको लागि भारत  बंगलादेश र चीनमा पनि सम्झौताको अन्तिम तयारीमा छौं

    प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासमा राजनीति नगर्न आग्रह गरेका छन्। 

    उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताएका छन्। काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। 

    प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताए। 

    उनले बढी विद्युत खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण बनाउँदै विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा खडा गरिने पनि उल्लेख गरे। 

    दाहालले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारमा लैजाने पनि बताएका छन्। त्यसका लागि छिमेकीहरु भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुबारे पनि उनले जानकारी दिए। 

    प्रचण्डले आगामी असोजमा हुने चीन भ्रमणका क्रममा रसुवागढी र किमाथांका नाकाबाट बिजुलीको लाइन निर्माण सम्झौता तयारी गरिरहेक छन्। त्यस्तै सुरुमा ४५ मेगावाट पठाउने गरी बंगलादेशसँग पनि नेपालले सम्झौता गरिसकेको छ।

    दाहाले नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको बताए। उनले बगिरहने  खोलानालाबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको बताए। 

    अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको उनकव भनाइ थियो। 

    प्रधानमन्त्रीले नेपालमा नदीप्रवाही जलविद्युत आयोजनाहरूको बाहुल्यताले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा अग्रणी भूमिकामा स्थापित गर्नसक्ने अवसर रहेको पनि बताए। 

    विद्युत प्राधिकरणले यस कार्यमा आफूलाई समेत तयारी अवस्थामा राख्नुपर्ने सुझाव उनले दिएका छन्। 

    प्रकाशित मिति :भाद्र १ २०८० शुक्रवार - १२:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij