Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

गोरखा जिल्लामा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपी बनाउनेको संख्या बढी

गोरखा जिल्लामा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपी बनाउनेको संख्या बढी


  • 2.8K
    Shares

    गोरखा जिल्लामा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपी बनाउनेको संख्या बढी
    images

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जिल्लामा नयाँ नागरिकता भन्दा नागरिकताको प्रतिलिपी लिनेहरुको संख्या बढी भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

    गत आर्थिक बर्ष २०७९/०८० मा कार्यालयबाट १० हजार ७६ जनाले नयाँ नागरिकता लिएको उनले बताए । तर सोही अवधीमा ११ हजार ९ सय ४३ जनाले नागरिकताको प्रतिलिपी लिएको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। 

    जिल्लामा अघिल्लो आर्थिक बर्ष भन्दा गत आर्थिक बर्षमा नयाँ नागरिकता लिनको संख्या घटेको पनि प्रतिलिपी लिनेको संख्या बढेकाले कार्यालयमा अनावश्यक कामको चाप बढेको बताए ।

    ‘नागरिकताको प्रतिलिपी लिनेको संख्य बढ्नु राम्रो होइन, उनले भने, ‘प्रतिलिपी लिनेको संख्या किन बढ्यो भनेर कारणको खोजी गर्नु आवश्यक भएको छ ।’ कार्यालय वितरण गर्ने नागकिता प्रिन्ट गर्न प्रयोग गरिने कार्ड कमसल वा प्रयोगकर्ताको असावधानी के हो भन्ने बारेमा अध्ययन गरी त्यसको समाधानका उपायका खोज्नु पर्नेमा अधिकारीले जोड दिएका छन् । 

    अघिल्लो आर्थिक बर्षमा ८ हजार २२ जनाले मात्र नागरिकताको प्रतिलिपी लिएको भएपनि गएको आर्थिक बर्षमा ३ हजार ९ सय २१ जना बढी नागरिकहरु प्रतिलिपी बनाएको बताए । 

    नयाँ नागरिकताको हकम भने अघिल्लो आर्थिक बर्षमा भन्दा गएको आर्थिक बर्षमा २ हजार १९ जना कम नागरिकले नागरिकता लिएको प्रजिअ अधिकारीले बताए । 

    कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा जिल्ला भित्र कुल १२ हजार ८९ जनाले नयाँ नागरिकता बनाएका थिए । प्रमुख जिल्ला अधिकारी भुसालले गएको बर्ष जिल्लामा बैबाहिक अंगीकृत नागरिकता लिनेको संख्या १० जनमा मात्र रहेको बताए । 

     

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १५:४१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij