Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेपाल उद्योग वाणिज्य महासंघको अर्थतन्त्रको विषयमा संस्थागत धारणा प्रष्ट पार्न अर्थमन्त्रीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको अर्थतन्त्रको विषयमा संस्थागत धारणा प्रष्ट पार्न अर्थमन्त्रीको आग्रह


  • 2.4K
    Shares

    नेपाल उद्योग वाणिज्य महासंघको अर्थतन्त्रको विषयमा संस्थागत धारणा प्रष्ट पार्न अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गरेका हुन्। 

    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको बताए । 

    उनले महासंघले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापार मात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ? भन्दै प्रश्न गरे। उनले बिस्तारै बैंकको ब्याजदर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए । 

    उनले निजी क्षेत्रलाई दिने अन्य सहुलियतहरु राष्ट्र बैंकबाट आउने विश्वास रहेको बताएका छन् । अर्थतन्त्रका विषयमा निजी क्षेत्र पनि सकारात्मक सोच बनाएर जान आवश्यक रहेको र सकारात्मक रुपमा मनोबल बढाउने कुरा गर्यो भने आर्थिक गतिविधि बढ्दै जाने बताए । 

    उनका चेम्बर अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गरे पनि एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गरेको उल्लेख गरे। निजी क्षेत्रको नेतृत्वले मात्रै खराब छ भन्ने हो भने अर्थतन्त्र सुधार नहुने बताए ।  

    निजी क्षेत्रले नेगेटिभ कुरा भन्दा पनि पोजेटिभ कुरालाई प्राथमिकता दिन आग्रह गरे । लगानी गर्नेहरुलाई सरकारले एक तहको सहुलियत दिनेकुरा गरेको उल्लेख गर्दै गरेको कुरा बिर्सने भन्दै प्रश्न गरे। आधारभुत आवश्यकतामा पनि अर्बौंको आयात गर्ने भनेर पनि निजी क्षेत्रबाट नै आलोचना आउने गरेको बताए । 

    अर्थमन्त्री महतले सरकारले आन्तरिक राजश्व र भ्याटलाई प्राथमिकता दिन नसकेको बताए । तथ्याङ्कहरुले पनि धेरै सानो संख्याले ८० प्रतिशत कर तिरिरहेको भन्दै त्यो भन्दा धरै संख्या करको दायरामा आउन सक्ने अवस्था रहेको महतले भने। उनीहरुलाई कर लगाउँदा मर्का पर्ने अवस्था नभएको बताए । 

    अर्थमन्त्री महतले अब त्यस्ता व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न कर अधिकृतहरुलाई निर्देशन दिए । आन्तरिक राजश्व प्रशासनलाई सुधार गर्ने गरी नीति बनाउन कर अधिकृतहरुलाई निर्देशन पनि दिए। 

    मन्त्री महतले व्यवसायीहरुले मूल्य अभिवृद्धी कर (भ्याट) लगाउँदा व्यवसायीहरुले बिरोध गर्ने गरेको र धेरै व्यवसायीहरुले भ्याट लगाउनु भन्दा अन्य अन्त: शुल्क वा अन्य कर लगाउन माग गर्ने गरेको बताए । व्यवसायीहरुले भ्याट लगाउनु हुन्न बरु कर बढाउनु पर्छ भन्ने माग किन गरेको भन्ने कुराले आफू आश्चर्यमा परेको बताए । 

    मूल्य अभिवृद्धि करको सिद्धान्त विपरित कयौं वस्तुमा भ्याट छुट दिने गरिएकाले सरकारले त्यसलाई सुधार गरिएको मन्त्री महतले बताए । भ्याट छुटको सूचि बढ्दा भ्याटको अस्तिपञ्जर मात्रै बाँकी रहेको भन्दै भ्याट छुटको सूचि घटाउँदै केही सुधार गर्न खोजेको बताए । 

    कार्यक्रममा बोल्दै अर्थसचिव अर्जनुप्रसाद पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरुलाई निर्देशन र करदातालाई सम्मान गर्न कर अधिकृतहरुलाई निर्देशन र राजश्व कर्मचारीहरुको काम करदातालाई दु: ख दिने नभई करदातालाई सहजीकरण गर्नुपर्ने बताए । गोष्ठीमा प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्य अनुसार राजश्व संकलन गर्न कार्य योजना बनाउने गरी छलफल गर्न आग्रह गरे । 

    महालेखा परीक्षण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव, राजश्व न्यायाधीकरणले गरेका फैसला लगायत हेरेर नीति बनाउने गरी गोष्ठीमा छलफल गर्न आग्रह गरे । प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्य अनुसार राजश्व संकलन गर्न कार्य योजना बनाउने गरी छलफल गर्नुपर्ने बताए । 

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १५:१८:०३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij