२०८२ फाल्गुण २४ गते आइतवार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।
बोर्डले केही दिनभित्रमै परीक्षाफल प्रकाशन गर्ने सम्भावना रहेको छ । यसैबीच नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल आफ्ना विभिन्न सेवाहरुमार्फत हेर्न सकिने सूचना मार्फत जानकारी दिएको छ ।
टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको हो ।
यसका साथै टेलिकमले एसएमएस र यूएसएसडीका लागि १६०० र आईभीआर सेवाका लागि १६०१ मार्फत आफ्नो परीक्षाफल हेर्न सकिने जानकारी दिएको छ ।
.png)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij