२०८२ माघ १४ गते बुधवार
राजस्व अनुसन्धान विभागले बरामद सय किलो सुन जोख्ने प्रक्रिया सुरु गरेको छ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढाइएको हो।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ। बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन।
ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको अनुमान छ। अब यसलाई जोखेर यकिन गर्न लागिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij