Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै, कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्य

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै, कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्य


  • 1.7K
    Shares

    स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै, कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्य

    अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । 

    सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

    लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेका हुन् ।

    आर्थिक वर्ष २०७७र७८ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष प्रेमनारायण भुसालले बताए । 

    उनले ५६ जनामध्ये ४५ जना किसान व्यावसायिक कृषि पेसामा लागेको जानकारी दिए। किसानको मागका आधारमा किसानलाई बीउ मल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको अध्यक्ष भुसालको भनाइ छ ।

    तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान गोपालप्रसाद खनालले बताए । 

    उनले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले प्राप्त गरेको बताए ।

    किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको उनको भनाइ छ । बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क र चुत्राबेँसीमा बिक्री हुने गरेको किसानको भनाइ छ ।

    आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान दीपक नेपालीले बताए । उत्पादित वस्तु स्थानीय बजारमानै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको जानकारी दिए ।

    आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

    जसका कारण कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउदै किसानको आयआर्जनमा समेत वृद्धि भएको जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - ०६:२४:१३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij