Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न

रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न


  • 2.6K
    Shares

    रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न
    images

    काठमाडौँ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेको हो।

    उक्त छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो । 

    यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद  रु १०,००१  प्रदान गरिएको थियो ।

    यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा रु.५०००, दोस्रो हुनेलाई रु.३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने छ ।

    एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरु छानिने छन्।

    कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते शुक्रबार कम्पनीकोे आधिकारिक वेवसाईट तथा फेसबुक पेजमा प्रकाशित गरिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १४:१५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij