Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा


  • 2.9K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक बर्षको असार मसान्तसम्मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

    असार मसान्तसम्म पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख २० हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको लगानी तथा अन्य आय ८ अर्ब ९४ करोड ९३ लाख ३ हजारबाट बढेर ११ अर्ब ५३ करोड ६२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको नाफा बढ्यो सहयोग पुगेको देखिन्छ ।

    गत आवको असार मसान्तमा कम्पनीले ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

    ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ । यस्तै जीवन बिमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ रहेको छ ।

    असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा छ ।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १३:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij