Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता


  • 1.6K
    Shares

    गिठीदेवीलाई ८९ वर्षमा नागरिकता
    images

    जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा छिन्– ८९ वर्षीया गिठीदेवी जोशी ।

    गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ उनै गिठीदेवी छिन् । 

    उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन थिइन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । 

    ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।

    प्रकाशित मिति :श्रावण २७ २०८० शनिवार - ०८:००:४७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij