Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी महिलाको मृत्युपछि आफन्त आन्दोलित, क्लिनिक सञ्चालक पक्राउ

गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी महिलाको मृत्युपछि आफन्त आन्दोलित, क्लिनिक सञ्चालक पक्राउ


  • 2.8K
    Shares

    गर्भपतन गराउन मेरी स्टोप क्लिनिक पुगेकी महिलाको मृत्युपछि आफन्त आन्दोलित, क्लिनिक सञ्चालक पक्राउ
    images

    धनगढी । धनगढीमा गर्भपतन गराउनका लागि धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिक पुगेकी एक महिलाको ज्यान गएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३४ वर्षीया प्रिती थापाको मृत्यु भएपछि आफन्तजनले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

    प्रहरीका अनुसार उनी बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

    घटनापछि मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरु मृतक प्रितीलाई न्याय माग गरेका छन् ।

    घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ । 

    जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले सञ्चालकविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए । एक जनालाई हिजै नियन्त्रणमा लिएको बताउँदै प्रहरी उपरीक्षक पालले फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको बताए ।

     

     

     

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - १३:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij