२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनले आयोजना गरेको बृहत नृत्य प्रत्योगिता कार्यक्रम समापन हुना साथ अनेरास्ववियु र नेविसंघबीच झडप भएको थियो ।
झडपका क्रममा अनेरास्ववियु र नेविसंघबीच खुकुरी हानाहान हुदाँ विक्रम लामा, सन्तोष श्रेष्ठ, नीराजन विक्रम शाही लगायत घाइते भएको प्रहरीले जनाएको छ। झडपमा सम्लग्न रहेको भन्दै प्रहरीले रबि बस्नेत लगायत एक जनालाई पक्राउ गरेको छ ।
खुकुरी प्रहारबाट एक जनाको कान चुडिएको छ। घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij