२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ।
दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिए।
शुक्रबार बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन्। घाइते हुनेमा एक जना बालक पनि छन्।उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान पनि भइरहेको असई केसीले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij