२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।
मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलखाका डिएसपी दिपक खड्काले बताए ।
घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij