२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुन: सञ्चालनमा आएको छ। विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ। अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुन: सञ्चालनमा आए सँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ ।
प्रणालीमा आएको समस्याका कारण श्रम स्वीकृतिका फाइल थुप्रिएका र अब छिट्टै काम हुने भएकाले श्रम स्वीकृति लिएर मात्र टिकट काट्न विभागले अनुरोध गरेको सूचना अधिकारी तथा निर्देशक उप्रेतीले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij