Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल राष्ट्र बैंकमा डेपुटी गर्भनरको पद खाली, मेरियट होटलमा बिदाई रिसेप्सन

नेपाल राष्ट्र बैंकमा डेपुटी गर्भनरको पद खाली, मेरियट होटलमा बिदाई रिसेप्सन


  • 6.2K
    Shares

    नेपाल राष्ट्र बैंकमा डेपुटी गर्भनरको पद खाली, मेरियट होटलमा बिदाई रिसेप्सन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुईजना डेपुटी गभर्नरहरुको बिदाई गर्दैछ । ५ वर्षे कार्यकाल सकिएपछि डेपटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले आजबाट अवकाश पाउन लागेका हुन् । 

    २०७२ साल फागुन १८ गते शिवाकोटी र श्रेष्ठलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका दुवै जनालाई तात्कालिन केपी ओली सरकारले नै नियुक्त गरेको थियो । नियुक्त भएकामध्ये शिवाकोटी वरिष्ठतामा पहिलो थिए । 

    दुवैजनाले पहिलो ४ वर्ष निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालसँग काम गरेका थिए भने पछिल्लो १ वर्ष वर्तमान गभर्नर महाप्रसाद अधिकारीसँग काम गरेका थिए ।

    यो कार्यकालभित्र बैंकको चुक्तापुँजी वृद्धि गर्ने, जोखिममा आधारित सुपरिवेक्षण लागु गराउने, बासेल ३ को पूर्ण कार्यान्वयन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था लागु गराउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छ । 

    आजबाट बिदाई हुन लागेका डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकले मेरियट होटलमा बिदाई रिसेप्सनको आयोजना गर्दैछ । 

    साँझ ६ बजे यस्तो कार्यक्रम आयोजना गरिएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । पाँचतारे होटलमा कार्यक्रम आयोजना भए पनि बिदाई समारोह धेरै भब्य भने नहुने पोखरेलले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १६:५६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij