Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण : सांसद शर्मासहित अहिलेसम्म पाँच जना पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण : सांसद शर्मासहित अहिलेसम्म पाँच जना पक्राउ


  • 2.2K
    Shares

    शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण : सांसद शर्मासहित अहिलेसम्म पाँच जना पक्राउ
    images

    काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्।

    उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्।

    उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ। अहिले पनि सिआइबीको अपरेसन जारी छ। 

    यसअघि बिहीबार दिउँसो सिआइबी टोलीले काठमाडौंको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो। शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ।

    कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले अनुसन्धान गरी पाऊँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले बिहीबार अपरेसन चलाएको थियो।

    उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०६:२०:१३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij