Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भैरहवा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

भैरहवा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो


  • 3.1K
    Shares

    भैरहवा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

    काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बिच बाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । 

    दिउँसो १: ५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनीले जानकारी दिएको छ । 

    जहाजमा के समस्या भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले जानकारी दिए । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो ।  तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइ सकिएको कर्णले जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १६:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij