२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij