Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु


  • 1.9K
    Shares

    विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
    images

    काठमाडौँ । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । 

    गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरो लगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् भने एकतीस जना बेपत्ता छन् ।

    ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्ला मध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

    यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् ।

    विपदमा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङ लगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । 

    मनसुनको अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ०९:१९:३६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij